क्यान्सर पीडित सापकोटाको सहयोगार्थ पोखरामा ‘लाइन्स नाइट २०१९’ सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: ब्लड क्यान्सर पीडित सत्य राज सापकोटाको सहयोगार्थ पोखरामा ‘लाइन्स नाइट २०१९’ सम्पन्न भयको छ। लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटिले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।कार्यक्रममा गायक प्रमोद खरेल,पशुपति शर्मा,सम्झना भण्डारी ,बिक्रम बराल,कमेडियन डोरेस खतीवडा ,मेनुका माझि लगायतका चर्चित कलाकारहरुले आफ्ना प्रस्तुतिहरु दियका थिए ।

पोखरा सभा गृहमा दिउँसो ३ बजे बाट सुरु भयको कार्यक्रम राती ८ बजे सम्म चलेको थियो । कार्यक्रम सफल भयको र आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष बिक्रम गुरुङले जानकारी दिय। अर्काअध्यक्ष चेतन कार्कीले भने चाडैं नै एक कार्यक्रम गरि बिरामी सत्यराज सापकोटालाई रकम हस्तान्तरण गरिने बताएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.