दार्जिलिङमा बनेको ‘जिउँदो’ को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दार्जिलिङमा निर्माण भएको चलचित्र ‘जिउँदो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । पौराणिक कथामा निर्माण भएको चलचित्रको ट्रेलर शनिबार इन्टरनेटमा रिलिज गरिएको हो । चलचित्रमा पूर्वी नेपाल तथा दार्जिलिङका स्थानिय कलाकारको अभिनय रहेको छ ।

अलमिस्ट सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्रको रिलिज मिति भने फाइनल गरिएको छैन् । चलचित्रमा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेको चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक सब्बाले लेखेका हुन् । अभिजित सरकार कार्यकारी, चंचल थापा र भास्कर थामीको छायाँकन, समीर शर्मा, रजत विश्वास, अभिषेक ’पिकोलो’ राई, सुमित राई, दिवस विश्वासको संगीत र चंचल थापा, स्यानन्त नाग, निर्देशक अलमिस्ट सुब्बाको सम्पादन सिनेमामा रहेको छ ।

अलमिस्ट प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पुर्ण छायाँकन पूर्वी नेपाल र भारतको दार्जिलिङमा गरिएको हो । बितरणको जिम्मा भारतका लागी भि मोसन पिक्चर्स र नेपालका लागी सुनिल मानन्धरले लिएका छन् ।