वेब सिरिज ‘डबल माया’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: युवा पुस्तालाई लक्षित गरी बनाएको वेब सिरिज ‘डबल माया’ को ट्रेलर सार्बजनिक गरिएको छ। एक्सन मिडिया ( म्युजिक हाइलाइट) को प्रस्तुतीमा निर्माण भएको सिरिजको ‘डबल माया’ मा अहिलेको टिन एजर हरुको माया प्रेमलाइ देखाउन खोजिएको छ ।

सिरिजमा केहि थिएटरका कलाकार देखिएका छन् भने केहि म्युजिक भिडियोमा ब्यस्त कलाकारहरु देखिएका छन् । सिरिजको कथा , पटकथा र निर्देशन दिलिप समनको रहेको छ । निर्देशक समनले यस अघी दुइ सय भन्दा बढी म्युजिक भिडियोहरु निर्देशन गरि सकेका छन।

शेर बहादुर थापा मगरको लगानी रहेको सिरिजमा नरेन भट्टराई, सिर्जना जि.सी., अभिलासा शर्मा, कौसल नेपाल, गुरांस राई, जीवन जङ्ग थापा, आयुष घले मगर को अभिनय रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.