रेश्मा र देव फिचर्ड ‘आँखामा छ तिम्रो छायाँ’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘नशा दी डार्क लाईफ’ को पहिलो गित सार्बजनिक गरिएको छ । ‘आँखामा छ तिम्रो छायाँ’ बोलको सार्बजनिक गीतमा गायक अमित सिङ्ग चौधरीको रचना, स्वर तथा संगीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार देब आर.एन र रेश्मा सुबेदीलाई फिचर्ड गरिएको छ ।

गीतको कोरियोग्राफर नेपाली ठिटो र नबिन कुमार शर्माको रहेको छ । गीतलाई चितवनको रमणीय स्थानहरुमा नेत्र गुरुङले खिचेका हुन् । लागुपदार्थ दुर्व्यसनीलाई मुख्य बिषयबस्तु बनाई निर्माण गरिएको चलचित्रमा लागुपदार्थ दुर्व्यसनीले निम्त्याएको परिमाणलाई देखाउदै त्यसलाई कसरि सकारात्मक मार्ग तर्फ अगाडि लैजान सकिन्छ भन्ने कुरालाई देखाउन खोजिएकोछ ।

वोण्ड्स फिल्म्स प्रोड्क्शनको प्रस्तुतिमा एलेक्स रानाले निर्देशन गरेको चलचित्रलाई नबिक कुमार शर्मा,मुस्कान काप्री कार्यकारी निर्माता बिनय ढुंगाना , सह- निर्माता सुमन पौडेल रहेका छन् ।

चलचित्रमा रेश्मा र देव संगै, रुपा के.सी,मुस्कान काप्री,सुबास भट्ट,अभिषेक शर्मा,बिनय ढुगाना, नकुल, भिम ढुंगेल,प्रतिभा पौडेल, अस्मु ,सरिता लगाएतको अभिनय रहेको छ । चलचित्रको सम्पादन सुबोध श्रेष्ठ,एलेक्स राना र म्याक्स घिमिरेको गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.