प्रेमा शाह स्मृतीमा नगद सहित प्राविधिक सम्मानित


सेलिब्रेटी नेपाल

काठमाडौं: साहित्यकार प्रेमा शाहको स्मृतीमा स्थापित गरिएको प्रेमा शाह प्राविधिक सम्मानबाट चलचित्र क्षेत्रका २ जना प्राविधिकलाई सम्मान गरिएको छ । राष्ट्रिय नाचघरमा आयोजित प्रेमा शाह स्मृति सभामा दुई जना प्राविधिकलाई नगद एकाउन्न हजार सहित सम्मान गरिएको हो ।

सम्मानित हुने चलचित्र प्राविधिकहरुमा उद्धव राज भट्टराई (जुँगे) र चन्द्रिका ठाकुर रहेका छन् । भट्टराई तीन दशकदेखि चलचित्र क्षेत्रमा कला निर्देशकको रुपमा कार्यरत छन् भने ठाकुर झण्डै ती दशकदेखि फिल्ममा प्रकाश व्यवस्थापको रुपमा कार्यरत छन् । दुबै जनालाई चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रथम नायिका भुवन चन्द्र लगायतको हातबाट सम्मान प्रदान गरिएको हो ।

चर्चित नायिका जल शाहकी आमा समेत रहनुभएकी प्रेमा शाहको दुई बर्षको स्मृति सभालाई लक्षित गरेर नायिका जल शाहले प्राविधिक सम्मान घोषणा गरेकी हुन् । बार्षिक रुपमा प्राविधिकहरुलाई प्रेमा शाह स्मृति प्राविधक सम्मान प्रदान गरिने पनि जनाइएको छ । कार्यक्रमलाई नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले संयोजन गरेको हो । नेफ्टाका अध्यक्ष पुष्कर लामाले चलचित्र क्षेत्रबाट टाढा रहेपनि चलचित्रका प्राविधिकहरुलाई माया गरेर आमाको सम्झनामा सम्मान घोषणा गरि प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

यस्तै स्मृति सभामा निर्देशक रमेश बुदाथोकी, घनश्याम खतिवडा, दयाराम दाहाल, नायक रमेश उप्रेती, प्रथम नायिका भुवन चन्द, बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा लगायतले प्रेमा शाहको वारेमा मन्तव्य राख्दै श्रदाञ्जली अर्पण गरेका थिए । पछिल्लो समय नेपाल चलचित्र प्राविधिक संघ र यसका अध्यक्ष पुष्कर लामा चलचित्र क्षेत्रमा भईरहेका विभिन्न गतिविधीमा सक्रिय देखिन थालेका छन् ।
तस्बिर : आर्यन विमली

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.