चलचित्र ‘आमा’को मन छुने ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘आमा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा मध्यम वर्गीय परिवारको सदस्य विरामी भएपछिको अवस्था देखाईएको छ। सरकारी अस्पतालको दुरावस्था, सरकारी अस्पतालबाट निजी अस्पतालमा विरामी लैजाने एम्बुलेन्स चालकको प्रवृत्तिलाई पनि ट्रेलरमा समेटिएको छ।

ट्रेलरका दृश्यले दर्शकको मन छुन्छ। मिथिलाको अभिनय मार्मीक लाग्छ। अभिनेत्री सुरक्षाले कपाल मुन्डन गराएको दृश्यले दर्शकको मन छुन्छ। चलचित्रलाई ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। कथासंगै छायांकन पनि दीपेन्द्र स्वयंमको रहेको चलचित्रमा मिथिला, सुरक्षाका अलावा सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनाल लगायतको अभिनय छ।

कोठा भाडामा लिएर बस्ने मध्यम वर्गीय परिवारको कथामा चलचित्र निर्माण गरिएको हो। आमा र छोरीबिचको सम्बन्धलाई देखाउने चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमाछोरीको भूमिकामा छन्। डि.एस.डिजिटलको प्रस्तुतीमा शर्मिला पाण्डेको लगानी रहेको चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.