यु ट्युब प्रयोग गर्नेको संख्या १ अरब


गुगलको स्वामित्वमा रहेको भिडियो शेयरिङ वेबसाइट यु ट्युबको नियमित प्रयोग गर्ने मानिसको संख्या १ अरब पुगेको छ । यु ट्युबले विश्वमा एक अरब मानिसले नियमित रुपमा आफ्नो प्रयोग गर्ने गरेको जनाएको हो ।यु ट्युबले भनेको छ यदि ऊ एक देश हुँदो हो त, जनसंख्याको हिसाबले ऊ चीन र भारत पछिको तेश्रो ठूलो देश हुनेथियो ।सन् २००५ को फेबु्रअरीमा सुरु भएको यु ट्युब पछिल्लो समय निकै लोकप्रिय बनिरहेको छ । आफ्नो सुरुवाती कालमा यो क्यालिफोर्नियास्थित एक फास्टफुड रेस्टुरेन्ट भएको घरको माथिल्लो तलामा रहेको सानो कार्यालयबाट संचालित थियो । तर कार्यालय सानै भएपछि एक वर्षभत्रैमा यसले ५० लाख प्रयोगकर्ता बनाउन सफल भयो ।

यु ट्युबको यो सफलता देखेर गुगलले १.६५ अरबमा यो साइट किन्यो । त्यसबेला यु ट्युबले पैसा कमाउन संघर्ष गरिरहेको थियो ।तर गुगलले लिएपछि यु ट्युबको कमाई यसरी बढयोकी सन् २०१२ मा यसले विज्ञापन भिडियोबाट १.३ अर्ब कमाइ गर्न सफल भयो । यु ट्युबको दाबी के छ भने विश्वमा हरेक दुइ जनामा एक जना इन्टरनेट प्रयोगकर्ताले नियमित रुपमा यु ट्युबको प्रयोग गर्छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.