‘शुभ मंगल’ मा कुशल र सुरवीनाको जोडी


सेलिब्रेटी नेपाल

काठमाडौँ:अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले नयाँ चलचित्र ‘शुभ मंगल’ निर्देशन गर्ने भएका छन् । अष्ट्रेलियामा बस्ने एक जोडीको प्रेमसम्बन्ध र उतावचढावको कथालाई प्रस्तुत गरिने चलचित्रको अधिकांश दृश्य अष्ट्रेलिया र केही दृश्य नेपालमा खिचीने छ ।

संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको ‘शुभ मंगल’ मा कुशल थापा र सुरवीना कार्की मुख्य भूमिकामा रहेका छन् । उनीहरुको साथमा बिकास चापागाईं,केपी शर्मा,आर्यन शर्मा,सदिक्षा पाण्डे लगायतका कलाकारले अभिनय गर्ने निर्देशक अधिकारीले जानकारी दिएका छन् ।

देउराली फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट पनि निर्देशक अधिकारी स्वयम्ले लेखेका हुन् । चलचित्रबारे केही समयपछि औपचारिक जानकारी दिइने बताइएको छ । केही समयभित्रै सुटिङ थालीने चलचित्रका अन्य कलाकार तथा प्राबिधिकको हाल चयन भइरहेको बताइन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.