‘१२सत्ताईस’ को शिर्ष गीत सार्बजनिक(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘१२सत्ताईस’ को शिर्ष गीत सार्बजनिक गरिएको छ । आउँदो माघ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको अब प्रचार प्रसार सुरु गर्ने निर्माण टिमले जानकारी गराए ।दीपक आरजेको शब्द तथा संगीत रहेको गीतमा र्याप गिरिश खतिवडाको रहेको छ । सार्बजनिक गीतमा प्रकाश मल्लको शब्द रचना रहेको छ । लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको केहि दिन अघि सार्वजनिक ट्रेलरमा मिश्रितप्रतिक्रिया आइरहेका छन्।

चलचित्रमा पैसाकमाउनको लागि ‘१२सत्ताइस’ गर्नेकथा देखाउँन खोजिएको छ। जोनयोञ्जन निर्देशीत चलचित्रमा समिरश्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राटथापा, अभोनराज, भीस्मजोशि, अस्मिताखनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ।

चलचित्र रेणु राना, दिपक खातियोडा र रुपक थापाले निर्माण गरेका हुन् चलचित्रका लागीसहनिर्माताको रुपमा गौतम शाहको लगानी रहेकोछ।अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्णभण्डारीलेसम्पादनगरेकाछन्। चलचित्रको कथा निर्देशक जोनलेनै तयार पारेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.