हरीतारा चलचित्र पुरस्कार कलाकार सुनिल थापा र दिनेश डिसीलाई


(सेलेब्रिटी नेपाल) १७ चैत्र -यस बर्षको हरीतारा चलचित्र पुरस्कार  कलाकार सुनिल थापा र दिनेश डिसीलाई पुरस्कृत गरियको छ  । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार प्रदान गरियको हो । हरेक बर्ष हरितारा चलचित्र पुरस्कार गुठीले उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
 तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा  अभिनयको माध्यमबाट चलचित्र उद्योगलाई पुर्याउनु भएको योगदान र समर्पणका लागि सुनिल थापालाई र विगत अढाइ दशकदेखि नेपाली संचार एवं चलचित्र क्षेत्रमा उद्घोषक, अभिनेता र निर्देशकका रुपमा पुर्याउनु भएको योगदानको कदर स्वरुप दिनेश डिसीलाई जनही नगद २५ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । २०५२ सालमा निजी क्षेत्रबाट सुरु गरिएको यो नै मनोरञ्जन क्षेत्रको पहिलो पुरस्कार हो ।
 उक्त कार्यक्रममा परिवर्तन नेपालले चलचित्र क्षेत्रका ५ व्यक्तीलाई पनि  परिवर्तन सम्मानबाट सम्मानित गरेको छ । परिवर्तन सम्मान बाट सम्मानित हुनेहरुमा निर्माता छवी ओझा, चलचित्र पत्रकार शान्तिप्रिय, अभिनेत्री सपना श्रेष्ठ, कलाकार बिनोद श्रेष्ठ र निर्मात्री अभिनेत्री जेनी कुँवर रहेका छन् । उनीहरुलाई ताम्रपत्रले सम्मान गरिएको हो । यस पुरस्कारबाट यस अगाडी मह जोडी, स्वर्गीय शान्ती मास्के, प्रथम नायीका भुवन चन्द, गोपाल भुटानी,जयनन्द लामा, सुसिला रायमाझी, श्रीकृष्ण श्रेष्ठ, सुभद्र अधिकारी सर्मिला मल्ल, सकुन्तला शर्म, शिब श्रेष्ठ, गोपाल राज मैनाली, बसुन्धरा भुसाल, हरिहर शर्मा, रमेश बुढाथोकी, दिपकराज गिरी, दिपाश्री निरौला लगायत परस्कृत भइ सकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.