सविनको ‘सूर्य किरण’ संग प्रेम संसार


सेलिब्रेटी नेपाल

काठमाडौं: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुइ चलचित्र प्रदर्शनमा आएका छन् चलचित्र ‘सूर्य किरण’संहि चलचित्र ‘प्रेम संसार’ प्रदर्शनमा आएका छन् अमिर दोङको निर्देशनमा बनेको चलचित्र ‘सूर्य किरण’ मा अभिनेता सविन श्रेष्ठ शिर्ष भूमिकामा छन्। त्यस्तै मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतको चलचित्रमा अभिनय छ।

चलचित्रमा अभिनेत्री केकी अधिकारी र अमिर दोङ अतिथि भूमिकामा प्रस्तुत छन्। तामाङ चलचित्रका लोकप्रिय कलाकार तथा निर्देशक अमिरको ‘सूर्य किरण’ पहिलो नेपाली चलचित्र हो। डम्फु मिडिया प्रा.लि.को ब्यानरमा अमृत चेपाङले चलचित्रको निर्माण गरेका हुन्। चलचित्रको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले गरेका हुन्।

चलचित्रमा विशाल काल्ताङ, जोगलाल लामाको संगीत तथा दीपक तामाङ, अजय स्याङतानको नृत्य तथा राजु दोङ तामाङको द्धन्द्ध छ। अभिषेक माझी र विक्रम मोक्तानले खिचेको चलचित्रलाई अर्जुन थापाले सम्पादन गरेका हुन्।

चलचित्र ‘प्रेम संसार’ मा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतका कलाकारको अभिनय रहेको छ । सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको द्वन्द, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.