चितवनमा कलाकार तथा पत्रकार सम्मानित


सेलिब्रेटी नेपाल

काठमाडौँ: लक्की मिडिया हाउस चितवनले कलाकार तथा पत्रकारलाइ सम्मान गरेको छ । चितवनमा आयोजित सम्मान तथा चलचित्र ‘कवडी कवडी कवडी’ को विशेष शो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाली कला क्षेत्रका कलाकार, पत्रकार तथा व्यवसायी एवं समाजसेवीलाई सम्मान गरिएकाे थियो । सिजी ल्याण्ड मार्कमा सोमबार चलचित्र ‘कबडी कबडी कबडी’ को विशेष शोको अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठद्वारा कलाकार, पत्रकार तथा व्यवसायी एवं समाजसेवीलाई सम्मान गरिएको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा करिब एक दर्जन व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने कलाकारतर्फ वरिष्ठ हास्य कलाकार राजाराम पौडेल, लक्ष्मी गिरी, अभिनेत्री एवं निर्मात्री रोशनी केसी तथा अभिनेत्री वर्षा राउत रहेका छन् । सम्मानित हुने पत्रकारमा जनता टिभीमा कार्यरत बिना श्रेष्ठ त्यस्तै, युवा व्यवसायी तथा समाजसेवी अर्जुन रानाभाट, साहसिक साइकल यात्री रुक्मिणी सापकोटा र समाजसेवी तथा राजनीतिज्ञ कमलप्रसाद पराजुली सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुका साथै कलाकारिता क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने बताए ।