प्रेम परियार र समिक्षाको जोडी कस्तो देखियो (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायकको परिचय बनाएका प्रेम परियार अब चलचित्रको नायक बन्ने भएका छन् । चलचित्र ‘पर्खि बसे फर्की आउछु’ मार्फत प्रेमले चलचित्रमा डेब्यु गर्दैछन । उनको जोडीको रुपमा समिक्षा बस्नेतले पनि यसै चलचित्र मार्फत नेपाली रजतपटमा पाइला चाल्दैछिन । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘पर्खि बसे फर्की आउछु’ को यति बेला दाङमा छायांकन भइरहेको छ ।


रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो। चलचित्रमा प्रेम परियार,समिक्षा बस्नेत र देव सागरको साथमा पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दिपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ।