नौ बजे संगै अल्झेछ क्यार पछ्यौरी



(सेलिब्रेटी नेपाल) १६ चैत्र-यो साता दुई नेपाली चलचित्र ‘नाइन ओ क्लक’ र ‘अल्झेछ क्यार पछ्यौरी’प्रदर्शनमा आएका छन्। यी दुवै चलचित्र देशभरका स्टेसनबाट एकसाथ प्रदर्शनमा आएका हुन्। ‘नाइन ओ क्लक’ बाबुराम ढकालको निर्देशनमा बनेको चलचित्र हो भने ‘अल्झेछ क्यार पछ्यौरी’ का निर्देशक किशोर ढकाल रहेका छन्।
रमेश संवेदनाको निर्माण रहेको यस चलचित्रमा ध्रुब दत्त, सुमिना घिमिरेलगायत कलाकारको मुख्य भूमिकामा अभिनय छ। छिटो धन कमाएर सुखी जिन्दगी बिताउने महत्त्वाकांक्षी सपना बोकेकी युवती यौन धन्दामा लाग्दा उसका जीवनसँगै परिवार र समाजमा आउने उतार चढावलाई यसले मुख्य विषयवस्तु बनाइएको छ।
‘अल्झेछ क्यारे पछ्यौरी’ अनिता अधिकारीले निर्माण गरेकी हुन्। त्रिकोणात्मक प्रेमकथामा आधारित हास्यप्रधान यसचलचित्रमा विराज भट्ट, ऋचा घिमिरे, उषा पौडेल, सुनील थापा, विजय देउजा, नन्दु श्रीवास्तव लगायत कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.