‘साङ्लो’ को पहिलो गीत सार्बजनिक, विराज र निकिताको ठुम्का


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्सन स्टार विराज भट्टको निर्देशकिय डेब्यू चलचित्र ‘साङ्लो’ को पहिलो गीत सार्बजनिक गरिएको छ । लोक लयमा बनेको गीतमा अभिनेता विराज र अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । सार्बजनिक ‘चरीले काफल’ बोलको गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने गीतमा राजनराज र मिलन नेवारको स्वर रहेको छ । चलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट प्रदर्शनमा आउने छ ।

मिस नेपाल २०१७ निकिताले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दैछिन्। चलचित्रमा विराज र निकिताका साथमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको अभिनय छ। विराज भटट् फिल्म प्रोडक्सन प्रा.ली.को व्यानरमा निर्मित चलचित्रको निर्माता तेज बहादुर खड्का हुन्। चलचित्रले किड्नी तस्करीको कथा बोल्ने बताइएको छ। शिवम् अधिकारीले लेखेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको द्वन्द, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.