पप स्टार आफ्नै निवासमा मृत फेला परिन्


सेलिब्रेटी नेपाल

एजेन्सी: के-पप स्टार गो हारा मृत फेला परेकी छन् । हारालाई उनकै निवासमा मृत भेटिएको कोरियाली समाचार माध्यमले जनाएका छन् । गो हारा आइतबार राति आफ्नै निवासमा फेला परेकी हुन् । हाल उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ । उनले आत्महत्या गरेको आशंका गरिएको थियो । यसअघि मे महिनामा समेत उनले आत्महत्याको प्रयास गरेकी थिइन् ।

हारा महिलाहरुको सांगीतिक समूह काराकी सदस्य समेत हुन् । आफ्नो सांगीतिक कलाका कारण उनी कोरियामा निकै चर्चित भएकी थिइन् । गो हाराको जन्म सन् १९९१ मा दक्षिण कोरियाको ग्याङजुमा भएको थियो । उनी सन् २००८ मा कारा समूहमा आबद्ध भएकी थिइन् । गो हाराले विभिन्न नाटक र फिल्ममा समेत अभिनय गरेकी छन् ।

कारा समूहमा सुरुमा ७ जना सदस्य थिए । सन् २००७ मा पहिलो पटक आफ्नो सांगीतिक यात्रा सुरु गरेको थियो । उक्त समूहका क्युपिड र स्टेप जस्ता गीत निकै हिट भएका थिए । कारा समूहमाथि सन् २०१६ मा प्रतिबन्ध लगाइएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.