जनकदीपको निर्देशनमा रोजी र निर्जनको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौं: ‘के यो माया हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। आईतबार राजधानीमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको गीतमा अस्ट्रेलियामा बसोबास गर्दै आएकी आरती श्रेष्ठको आवाज सुन्न सकिन्छ। भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन्। जनकदीप चलचित्र तथा म्युजिक भिडियोमा परिचित नाम हो।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै उनले फरक कन्सेप्टमा तयार पारिएको भिडियोलाई स्रोता तथा दर्शकले रुचाउने विश्वास व्यक्त गरे। गीतको भिडियोमा रोजि पन्त र निर्जन थापाले मोडलिङ्ग गरेका छन्। रोजि अस्ट्रेलियामा बसोबास गर्दै आएकी छिन्।

उनको यो पहिलो नेपाली म्यूजिक भिडियो हो। यसअघि रोजिले एउटा हिन्दी भिडियोमा मोडलिङ गरिसकेको बताइन्। उनले विदेशमा रहेपनि नेपाली कला क्षेत्रमा आफूलाई अगाडी बढाउँने रुचि रहेको बताइन्। उनको अपोजिटमा मोडलिङ गरेका निर्जन नेपाली मोडलिङ क्षेत्रमा परिचित अनुहार हो। उनले सधै आफूले राम्रो काम गर्ने प्रयास गर्ने गरेको बताए।भिडियो सार्वजनिक कार्यक्रममा चलचित्र निर्देशक देवकुमार श्रेष्ठले समेत शुभकामना दिएका थिए। उनले भिडियो आफूलाई सार्है सुन्दर लागेको प्रतिक्रिया दिए। ‘भिडियो नयाँ तरिकाले प्रस्तुत गरिएको रहेछ। हेर्दा आँखालाई आनन्द लाग्यो’ उनले भने। ओ. एम. जी इन्टरटेन्मेन्टको ब्यानरमा भिमराज रसाईली, सिर्जना लोहागुन र सरस्वती गौतमले भिडियोमा लगानी गरेका हुन्। भक्तपुर दरवार स्क्वायर र नयाँ बानेश्वरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रणधीर श्रेष्ठले क्यामेरामा कैद गरेका हुन्। भिडियो सम्पादनको जिम्मेवारी भने धुर्बराज पराजुली ‘प्रज्जवलित’ले निर्वाह गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.