‘सरौतो’ नयाँ गीत सार्बजनिक, सुमी र सन्नीको रोमान्टिक अवतार (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:हरी हुमागाईं निर्देशित चलचित्र‘सरौतो’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘यो जुनी’ बोलको रोमान्टिक नम्बरमा कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । कमल खत्रीको शब्द, संगीत र स्वर समावेश गीतमा श्रेया सोताङले गायकीमा साथ दिएकी छन् । गीतमा निर्देशक हुमागाईंको कोरियोग्राफी छ । चलचित्र मङ्सिर १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

बदलाको कथा बोल्ने चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद छ । शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको निर्मात्री लक्ष्मीकुमारी तामाङ हुन् । श्री महर्जनले चलचित्र निर्माणमा सहकार्य गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.