चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं:‘केटी मान्छेको चक्कर र ट्रिपरको ठक्कर यि दुईटा चिजबाट बच्न साह्रै गाह्रो’ यो संवाद हो चलचित्र ‘माया पिरिम’ को । शुक्रबार काठमाडौंको क्यूज सिनेमा हलमा पत्रकार भेटघाट गर्दैै चलचित्र निर्माण यूनिटले प्रचार सामाग्री स्वरुप ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको छ । बी.हाइभ फिल्मस् र एस.ए फिल्मस् इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको कमेडी लभस्टोरी जनराको फिल्म ‘माया पिरिम’ को सार्वजनिक ट्रेलरमा यस्तै रमाइला संवाद राखिएका छन् ।

उमेरले २६ वर्ष मात्र पुगेका सविन अधिकारीको लेखन तथा निर्माण रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।’ लेखक तथा निर्माता सविन संगै प्रविन थापाको चलचित्रमा लगानी रहेको छ । चलचित्रमा कोशिस क्षेत्री, किरण चन्द, कालु राना, अर्जुन गुरुङ, अनुपमा भण्डारी, सदिक्षा महर्जन, जयनन्द लामा, अरुणा कार्की, रमण राई, सागर बस्नेत आदि कलाकारले अभिनय गरेका छन् ।

यहि मंसिर २० गते देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने चलचित्र ‘माया पिरिम’ लाई निरज कँडेलले खिचेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्धन्द, नकुल खड्काको सम्पादन, कोशिस क्षेत्रीको संगीत तथा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।