लोक तथा दोहोरी गीत प्रतिष्ठानमा चुनावी रौनक


सेलिब्रेटी नेपाल

पोखरा: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौं महाधिबेसन पोखरामा मंसिर ६ देखि ८ गतेसम्म चल्दैछ। अधिवेशनका लागि प्रतिष्ठानसँग आबद्ध कलाकारकर्मी चुनावी माहोलमा छन्। केन्द्रिय समिति तथा जिल्ला प्रतिनिधिहरु गरेर १२ सय ८० जना मतदाताको सहभागिता रहनेछ । यति बेला पोखरा लोक तथा दोहोरि कलाकारले भरिएको छ ।

यसअघि छैटौं अधिवेशनबाट बद्री पंगेनी अध्यक्षमा विजयी भएका थिए। यसपटक लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजी अध्यक्षका प्रत्यासी छन्। अध्यक्षका प्रत्यासी खत्रीले यसअघि दुई पटक हार ब्यहोरिसकेका छन्। अर्का प्रत्यासी बिजी हाल प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष छन्।

उम्मेदवारहरुले सामाजिक सञ्जाललगायत माध्यमबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरिरहेका छन्। हालसम्म वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा र रीता शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँड र पार्वती बीसीको प्रतिष्पर्धा हुने पक्कापक्की छ।

त्यस्तै द्वितिय उपाध्यक्षमा दीपक खड्का, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी र शिरिष देवकोटा, उप–महासचिवमा शंकर बिसी, चोलेन्द्र पौडेल, शिव हमाल, बैकुन्ठ महत, सचिवमा कुलेन्द्र विश्वकर्मा, विनोद बाजुराली, पुस्कल शर्मा, नविन पौडेल, कृष्ण रेउले, जीवन दाहाल, प्रचन्ड जीसी, होम गैरे प्रतिष्पर्धामा छन्।

यसैगरी सचिव सांगठनिक पदमा खुमन अधिकारी एक्लै छन् भने कोषाध्यक्षमा राजु ढकाल, तारापति सुवेदी तथा सह–कोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल र घनश्याम रिजाल प्रतिष्पर्धामा छन्। अध्यक्ष, उपाध्यक्ष,महासचिब,सह महासचिब,सचिब कोसाध्यक्ष सदस्यहरु गरेर कुल ५५ सदस्यीय कार्य समिति बन्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.