ऋषिराजको ‘चुरीफुरी’ का लागि अडिसन


सेलिब्रेटी नेपाल

काठमाडौँ: निर्देशक ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चुरीफुरी’ ले कलाकार छनौट कार्य सुरु गरेको छ । पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय, चक्रपथमा सम्पन्न भयो । स्क्रिप्टले नयाँ अनुहार माग गरेकाले अडिसन गरेर कलाकार छनौटको प्रक्रिया सुरु गरिएको जानकारी निर्देशक आचार्यले दिए ।

आचार्यकै लेखन रहेको चलचित्रका लागि गरिएको अडिसनमा झण्डै दुई सय नव प्रतिभाले अडिसन दिएका थिए । पहिलो चरणको अडिसनमा केही प्रतिभाशाली प्रतिभा छनौट भएको आचार्यले जानकारी दिए । उनले ‘चुरीफुरी’ का लागि प्रमुख अभिनेता, अभिनेत्री तथा सहकलाकार समेत आबश्यक रहेकाले दोश्रो चरणको अडिसन पनि गरिने बताए । अडिसनमा सहभागी युवायुवतीले आफूमा निहित बिबिध प्रकारका अभिनय क्षमता प्रस्तुत गरेका थिए ।

केही दिनपछि हुने दोश्रो चरणको अडिसनपछि सम्पूर्ण कलाकार छनौट हुने बिश्वास आचार्यले लिएका छन् । बिदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट अडिसन दिन सक्ने ब्यबस्था मिलाइएको छ। पहिलो चरणको अडिसनमा निर्देशक ऋषिराज स्वयम्का साथमा संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी अतिथि निर्णायकका रुपमा थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.