सेलिब्रेटी दौड प्रतियोगिता सम्पन्न बिनिता र सुरज बिजयी


सेलिब्रेटी नेपाल
celebrirty
काठमाडौँ : नेपाल चलचित्र कलाकार संघ र कान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण बर्ष २०२० लाइ प्रबर्धन सयोगार्थ चलचित्र कलाकार, मोडल, र गायक गायिका बीच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड प्रतियोगिता) सम्पन्न भएको छ ।

सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न सफल भएका छन् । त्यसैगरी महिला तर्फ अभिनेत्री पवित्रा आचार्य फर्स्ट रनरअप र मोडल अस्मिता जुरेली सेकेन्ड रनरअप बनेका थिए भने पुरुष तर्फ फर्स्ट रनरअप धनु ज्ञान्मी र सेकेण्ड रनरअप एस राज राजकुमार श्रेष्ठ भएका छन् । प्रतियोगिताका बिजेताहरुलाई नगद रु. ५०,०००, ३२,०००, र २०,००० सहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

नेपाल चलचित्र कलाकार संघका कार्यवहाक अध्यक्ष सानु ताम्राकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व गृह मन्त्रि जनार्दन शर्मा, बिसेष अतिथिहरुमा बरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, दिपक निरौला लगायतका बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सोहि अवसरमा बरिष्ट गायक तथा समाजसेवी जगत मर्दन थापा, बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, चलचित्रकर्मी नरेन्द्र खड्का, बरिष्ट हास्य अभिनेत्री लक्ष्मी गिरि, बरिष्ट कलाकार मदनदाश श्रेष्ठ, चलचित्र कलाकार जय श्रेष्ठ, चलचित्र कलाकार टिका पहारी, कलाकार लक्ष्मण बस्नेत, बरिष्ट चलचित्रकर्मी हरिहर शर्मा, महिला उद्धमी लक्ष्मी शर्मा, बरिष्ट चलचित्रकर्मी स्मारिका श्रेष्ठ र बरिष्ट बालरोग बिसेषज्ञ डा.शान्त चन्द्र शाक्यलाइ सम्मान समेत गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.