‘मिस्टर नेपाली’ संगै ‘सम्हाली राख है’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल

काठमाडौं: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देव भुषालको निर्देशनमा बनेको चलचित्र ‘मिस्टर नेपाली’ र आरएल मोक्तानको निर्देशनमा बनेको चलचित्र ‘सम्हाली राख है’ प्रदर्शनमा आएको छ।

चलचित्र ‘मिस्टर नेपाली’ लाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रमा भूवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रले विदेशमा रहेपनि नेपालीपन हराउँदैन भन्ने कथालाई उठान गरेको छ । केही दिन अगाडि अमेरिकामा भएको विशेष शोमा यो चलचित्रलाई रुचाइएको थियो ।

‘सम्हाली राख है’ मा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको चलचित्र तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् ।

श्यामकृष्ण महर्जन सह निर्माता रहेको चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.