धरानमा हुन लागेको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ स्थगित


सेलिब्रेटी नेपाल

काठमाडौँ:प्रदेश नम्वर १ सरकारको आयोजनामा यही कार्त्तिक २९ गते देखी मङसिर २ गते सम्म धरानमा हुन लागेको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ हालको लागि स्थगित भएको छ । आगामी मङ्सिर १४ मा हुने उप निर्वाचन को कारणले गर्दा महोत्सव सर्न गएको हो । ‘विविध भाषा संस्कृतिको सम्मान ,स्वच्छ सुखी र समुन्नत प्रदेशको पहिचान’ नारा सहितको महोत्सव अब अर्को मितिमा हुने छ । अब हुने मिति भने अहिले सार्बजनिक गरिएको छैन । केहि दिन पश्चात प्रदेश सरकारले नयाँ मिति सार्बजनिक गर्नेछ ।

प्रदेश १ सरकारको निती तथा कार्यक्रम अन्तर्गत को कार्यक्रम अन्तर्गत प्रदेश १ रहेर निरन्तर कलाकारिता क्षेत्रमा लागिपरेका कलाकार र प्रदेश १ का कलाकारहरु जो देश बिदेशमा नेपाली चलचित्र क्षेत्रमा अहोरात लागिपरेका चलचित्रकर्मी र कलाकारहरु मध्येबाट १५ जनालाई सम्मान समेत गरीने योजना रहेको उक्त कार्यक्रम यहि तालिका अनुसार नै हुनेछ । महोत्सवमा संस्कृतिक पहिचान र विविधता झल्कने डकुमेन्ट्री र आर्टिस्टिक चलचित्रहरु निशुल्क धरान सभागृहमा प्रदर्शन हुनेछ ।