जोमसोममा सृष्टि र निराजनको रोमान्स


सेलिब्रेटी नेपाल

काठमाण्डौ: सुगम पोखरेल र बबी लिम्बुको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो छायांकन जोमसोममा सम्पन्न भएको छ। इश्वर शिवाकोटीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो जोमसोमको रमणीय दृश्यमा छायांकन गरिएको हो। निशान घिमिरेले निर्देशन गरेको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका छन् भने सुरेश काफ्लले ड्रोन उडाएका छन्। सृष्टि खड्का र निराजन प्रधान फिचर्ड भिडियोलाइ प्रमोद भण्डारीले कोरियोग्राफी गरेका छन् । भिडियो केहि दिनमा सार्बजनिक हुने अम्बिका म्युजिकका प्रबन्धक तथा गीतकार इश्वर शिवाकोटीले जानकारी दिए ।