कमलको प्राण भन्दा प्यारो चलचित्रको पोस्टर सार्बजनिक



(सेलिब्रेटी नेपाल)१४ चैत्र-चलचित्र रावण र फुल स्टप को निर्देशन गरि सकेका कमल कृष्णले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र ‘प्राण भन्दा प्यारो’को हाल ड्रिम्स स्टुडियोमा डबिंगको कार्य भई रहेको छ । ड्रिम्स स्टुडियोमा पहिले गीत रेकर्डइंग को कार्य मात्र हुने गर्दथ्यो । यसै चलचित्र प्राण भन्दा प्यारो संगै डबिंगको कार्य पनि सुरुवात भयको छ । चलचित्रको फर्स्ट लुक पोस्टर सेलिब्रेटी नेपाल मार्फत आज सार्बजनिक गरेको छ । यो चलचित्र मार्फत कमलले आफ्नै भान्जा लाई नायक बनायका छन् । चलचित्रमा संगीत र कथा पनि कमलकै रहेको छ । चलचित्रमा अधिकांस नया अनुहार देखिने छन् बासु पुडासैनी ,अनमिका ,आशा खड्का ,सन्दीप बगाले, बिश्व राज ढकालका साथै कमल आफैं मुख्य भूमिकामा अभिनय गर्दै छन् । चलचित्रलाई मुकेश हुमागाईंले खिचिरहेका छन् भने द्वन्द चन्द्र पन्त को रहेको छ। चलचित्रमा साउन्ड इन्जिनियर राजिव शाह हुनुहुन्छ भने चलचित्रको सम्पादन राजेश शाहले गर्नु भयको हो ।चलचित्र आगामी जेठमा प्रदर्शन हुने जानकारी कमल कृष्णले सेलिब्रेटी नेपाललाई दिनु भयो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.