‘च च हुई’ क्यारेक्टर पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: आउँदो मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिसकेपछि अझै यसको क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । चलचित्रका मुख्य चार क्यारेक्टर प्रेम अर्थात् आर्यन सिग्देल , भोला अर्थात भोलाराज सापकोटा , संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात माओत्से गुरुङको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पछिल्लो समय लभ स्टोरी जनरका चलचित्रमा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रम-कम जनरको चलचित्रमा देखिएका हुन् । दुइ बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ ।

प्रेम

नेपालबाट सानैमा हङकङ पुगेको छन् , प्रेम । काम र लाइफलाई सिरियस रुपमा नलिने प्रेम मोज मस्तीमै मस्त छन् । उनको लाइफमा कुनै उदेश्यनै छैन नत जीवनमा कोहि । उनका नातेदार भनौ वा साथि भोलानै छ । जोसंग उनिसंगै काम गर्छन । यिनै प्रेम एउटा परिस्थिति सिर्जना भएपछी नेपाल फर्किन्छन । नेपाल फर्किएर उनि हिमाल पुग्छन । त्यसपछि उनको जीवनले नयाँ मोड लिन्छ ।

भोला

भोला नाम आफैमा भोला छ । तर , उनको नाम अनुसार अनुहार र जिउडाल मिलेपनि व्यबहारमा कतै भोलापन छैन । केहि काम राम्रोसंग आउदैन , हरेक काममा आलोकाचो । लाइफमा केहि गर्न खोजेपनि उनलाई साथ दिने कोहि छैन । त्यसैले भोला पनि हङकङबाट प्रेमसंगै नेपाल फर्किन्छ । र , प्रेमको सुख , दुखसंगै हरेक मोमेन्टमा संगै हुन्छ ।
संगीता

संगीता राम्री छिन । हिमालमा हुर्केकी संगीता देखिदा जति सुशील छिन् , त्यति नै चिन्दा छुच्ची । काठमाण्डू बसेर पढ्ने उनलाई परिस्थितीले त्यस्तो बनायो । उनि पढाइ सकेर हिमाली भेगमै फर्किन्छिन् । त्यसै क्रममा उनको भेट प्रेमसंग हुन्छ । त्यसपछि उनको लाइफमा सुरु हुन्छ च च हुई ।


श्यामलाल

मान्छे हेर्दा उमेरले पाको देखिए पनि श्यामलाल रमाइला छन् । उनले आफुलाई बाहेक अरुसबैलाई ढाटेका छन् , ठगेका छन् । श्यामलाल रमाइला भएपनि गैरकानुनी काम गर्छन् । उनले एउटा किताबलाई पुर्याउने जिम्मा प्रेम र भोलालाई दिएका हुन्छन । समयमै किताब भनिएको ठेगानामा नपुगेपछि त्यहि रमाइलो म्यानले आफ्नो भिलेन रुपलाई अगाडी ल्याउछन् ।

जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको हो । आर्यन र भोला हङकङमा काम गरिरहेका दुइ युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।
विज्ञापन

व्यवसायी घोले यसैचलचित्र मार्फत निर्माणमा आउँदैछन् । चलचित्रमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । चलचित्रमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।