भिटेनले गाए ‘सरौतो’ को प्रोमोशनल गीत (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: युवापुस्ता माझ र्‍यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ । र्‍याप मार्फत उदाएका भिटेनले मङ्सिर १३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरौतो’को प्रमोशनल गीतमा आवाज भरेका छन् । शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ । गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । उनले पहिलो पटक नेपाली चलचित्रका लागि तयार पारेको गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको हो ।

गीत मार्फत भिटेनले अन्याय सहन नहुने भाव व्यक्त गरेका छन् । गीतमा भिटेनको साथमा मुख्य कलाकारहरु सुमी मोक्तान पनि देखिएकी छिन् । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत भएका छन् । चलचित्रकै थिम अनुसार गीतलाई तयार गरिएको छ । गीतलाई चलचित्रकै निर्देशक हरी हुमागाईंले तयार गरेका हुन् । रुथलेस बिट्जको संगीत र मिक्सिङ्ग रहेको गीतले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । गीतलाई ‘सरौतो’ टाइटलमै रिलिज गरिएको हो भने यसको भिडियोलाई समीर गुरुङले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै चलचित्र मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । यसमा सुमीसँगै लियो ट्यांक , सन्नी सिंह , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , विजय लामा , धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रलाइ रिभेन्ज स्टोरी भनिएको छ ।