बलिउड अभिनेता गोविन्दा श्रीमतीसहित नेपालमा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन्। गोविन्दा कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन आएका हुन्। अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा र भारतमै बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंंह पनि आएकी छन्।
महोत्सव आयोजक चलचित्र निर्माता संघको विशेष निमन्त्रणामा आएका गोविन्दाले पुनः नेपाल आउने अवसर प्राप्त गरेकोमा खुसी व्यक्ति गरे।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गोविन्दाले फिल्म फेस्टिभलमा आफू अतिथिका रूपमा आएको र कार्यक्रमका बेला कुनै प्रस्तुति दिनुपरे तयार रहेको बताए। महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा नेपाली चलचित्रका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ ।

यसअघि गोविन्दा गत वर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए। उनकी श्रीमती सुनिता नेपाली मूलकी भएकाले गोविन्दाले नेपाललाई ससुराली देश भन्दै खुसी व्यक्त गर्ने गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.