धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक गरिएको छ । केही दिन अगाडि मात्र छायाँकन सकिएको यो चलचित्र फागुन ९ गते बाट सार्बजनिक प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकार सिताराम कट्टेललाई देख्न सकिन्छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रको कथावस्तुको बिषयमा केही पनि खुलाइएको छैन । चलचित्रमासिताराम कट्टेल र कुञ्जना घिमिरेको अलवा दयाहाङ राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

डिन्डु लामा ह्याल्मोको लगानी रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको चलचित्रमा कुमार महर्जनको द्वन्द, शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.