सुनील थापा सलमान खानको फिल्ममा काम गर्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली चलचित्र क्षेत्रमा राते काईलाको नामले परिचित अभिनेता सुनील थापाले सलमान खान प्रोडक्सनको फिल्ममा काम गर्ने भएका छन्। पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका अभिनेता सुनील थापा लामो समय उनी त्यहि गेटअपमा देखिरहे । बलिउडबाटै फिल्म यात्रा तय गरेका ६४ बर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने पक्का भएको छ।

फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए । ‘क्वाथा’बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यू गर्न लागेकी हुनाले यो फिल्म प्रतीक्षित बनेको छ। आयुष शर्माको मुख्य भूमिका रहने यो फिल्मको निर्देशन करर भुटानीले गर्दैछन् । भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’मा थापा त्यहाँको मुखियाको भूमिकामा रहने बताईएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.