राजेश र करिष्माको जोडीलाई नचाउन गार्हो भएन : निर्देशक देबेन्द्र पाण्डे


सेलिब्रेटी नेपाल

काठमाडौं: म्युजिक भिडियो र चलचित्र निर्देशक हुन्, देवेन्द्र पाण्डे। कोरस नृत्यबाट कला क्षेत्रमा पाइला चालेपनि पछिल्लो समय उनी निर्देशनमा ब्यस्त छन्। ‘वान साइड लभ’ र ‘भिलेन’ उनले निर्देशन गरेका चलचित्र हुन्। उनले निर्देशन गरेका म्युजिक भिडियो त ३ सय नाघिँसके। उनलाई ईच्छा थियो, – राजेश हमाल र करिष्मा मानन्धरलाई एउटै भिडियोमा नचाउँने। किनकी चलचित्र क्षेत्रको कुनै समयको चर्चित राजेश र करिष्माको जोडीलाई पछिल्ला वर्ष दर्शकले संगै हेर्न पाएका थिएनन्। तर, जस्तोपायो त्यस्तो गीत भएर भएन्। बजेट पनि राम्रै चाहियो। त्यस्तैमा देवेन्द्रसामु आयो गीत, ‘चट्ट बसम देउरालीमा’।

पछिल्लो पुस्ताका चर्चित गीतकार तथा संगीतकार दीपक शर्माको शब्द सिर्जना, शर्माकै संगीत, लोकप्रिय गायिका मेलिना राई र गायक भीम चापागाईको स्वर रहेको गीतमा राजेश र करिष्माको जोडीलाई नचाउने मनस्थिति बनाए। गायक भीमसंग सर–सल्लाह गरे। त्यतिबेला राजेश जापानमा थिए, अर्का नजिकको व्यक्ति मार्फत गीत पठाए। राजेश नेपाल फर्किय लगत्तै भेटेर कुराकानी गरे। राजेशले सुरुमै गीत मनपराए। देवेन्द्र भन्छन्, –‘राजेश दाईले पछिल्लो समय गलवन्दी पछिको मनपरेको गीत भन्नुभयो।’ अब करिष्मालाई प्रस्ताव गर्नुपर्यो। देवेन्द्रका अनुसार करिष्मा पनि सुरुमै उत्साहित भइन्।

देवेन्द्रको ईच्छा पूरा हुने भयो। यता उनले हल्ला सुन्थेँ, राजेश–करिष्माको सम्बन्ध राम्रो छैन्। काम गराउन पनि गाह्रो हुन्छ। तर, आफूले त्यस्तो असहज परिस्थिति नभोगेको देवेन्द्र कुराकानीका क्रममा बताउँछन्। ‘मलाई धेरैले भन्नु पनि भएको थियो, उहाँहरुसंग काम गर्न गाह्रो होला भनेर’ देवेन्द्र छायांकन अनुभव सुनाउँछन् –‘तर उहाँहरु समयमै आउनुभयो। सहज तरिकाले अभिनय गर्नुभयो।’

केही दिनपछि गीत सार्वजनिक भयो। स्रोता÷दर्शकले रुचाए। गीतलाई हालसम्म युट्युबमा झण्डै २० लाख पटक हेरिएको छ। कमेन्टमा पनि धेरैले राजेश करिष्मालाई धेरैपछि संगै देख्न पाएको भन्दै खुसी ब्यक्त गरेका छन्। देवेन्द्र आउँदा दिनमा चलचित्र क्षेत्रका पुराना अन्य जोडीलाई पनि लिएर भिडियो गर्ने योजनामा छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.