कात्तिक १६ बाट ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’


सेलिब्रेटी नेपाल

काठमाडौँ: कात्तिकको तेश्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपला र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ आयोजना गर्दै आएको छ । बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गर्दै महोत्सबको बारेमा जानकारी गराइयो यो पटक यो महोत्सब तीन दिनसम्म आयोजना हुने महोत्सब अध्यक्ष एवम् कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी अध्यक्ष मन्जु मिश्रले जानकारी दिईन् ।

‘सांस्कृतिक संस्थान जमलको सहकार्यमा यो महोत्सब यसपटक यही १६ कात्तिक देखि १८ कात्तिकसम्म काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । यो महोत्सबका लागि नेपाल र अफ्रिकाबाट प्राप्त चलचित्रहरुबाट आबस्य चलचित्र चयन गरिसकिएको छ ।’ स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एशियाकै यो पहिलो फिल्म महोत्सब हो । आफ्रिकाका कतीपय विपन्न मुलुक नेपालको अबस्था उस्तै रहेको, जीवन शैली र फिल्म निर्माणको अबस्था पनि उस्तै रहेकाले ७ वर्ष अघिबाट नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु गरिएको पनि अध्यक्ष मिश्रले बताईन् । अफ्रिकालाई उनीहरुकै लेन्सबाट उनीहरुको चलचित्र मार्फत हेर्ने नेपालीहरुका लागि यो एउटा अबसर भएको पनि उनले जानकारी गराएकी छिन् ।

महोत्सब अध्यक्ष मिश्रका अनुसार यस पटक नेपाल र अफ्रिका गरेर महोत्सबका लागि कुल २५ वटा लामा र छोटा चलचित्र, बृत्तचित्र एवम् कार्टु फिल्म चयन गरिएको छ । जसमा नेपालबाट १३ ओटा सिनेमा रहेका छन् । बाँकी १२ ओटा सिनेमा अफ्रिकाका विभिन्न देशबाट रहेको पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।

यसपटक अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी र बेलायतका सिनेमा रहेका छन् । यसरी महोत्सबमा नेपाल सहित १२ देशका फिल्महरु प्रदर्शन गरिने भएको छ ।

चलचित्र महोत्सब निर्देशकको रुपमा यसपटक चलचित्रकर्मी एवम् सञ्चारकर्मी डब्बु क्षत्रीरहेका छन् । निर्देशक क्षत्रीका अनुसार महोत्सबको तीन दिन चलचित्र प्रदर्शन गरिने छ । १६ गते उद्घाटन पछि १८ कात्तिकमा महोत्सब समापन हुनेछ । १९ कात्तिकमा नेपाल आफ्रिका चलचित्र कार्यशाला पनि राखिएको निर्देशक क्षत्रीले जानकारी गराएका छन् । चलचित्र विकाश बोर्डको विशेष सहयोगमा आयोजना हुने यस महोत्सबमा प्रदर्शन हुने चलचित्रमा दर्शकलाई निःशुल्क प्रवेशको व्यबस्था मिलाएको पनि निर्देशक क्षत्रीले जानकारी गराए । महोत्सबका लागि विभिन्न देशबाट फिल्मकर्मी पाहुनाहरु पनि आएका छन् ।