प्रदर्शनमा ‘बादशाह जुट’


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘बादशाह जुट’प्रदर्शनमा आएको छ। बादशाह बन्न चाहने दुई युवाको संघर्ष कथा देखाउन खोजिएको चलचित्रका निर्देशक जोनी सिंह राणा हुन्। चलचित्रले देशमा केहि गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गरेको निर्देशक बताउछन् ।

चलचित्रमा सुशील श्रेष्ठ,आमिर गौतम,केइशा रावत,रश्मी पाण्डे,रविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अभिषेक शशी कुमारको लेखनमा निर्मित चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको द्वन्द, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.