पार्कर दिनेश ‘अमेरिका गट ट्यालेन्ट’मा सहभागी हुने पहिलो नेपाली


सेलिब्रेटी नेपाल

काठमाडौँ: गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तेस्रो पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारलाई वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा रेकर्डधारी पार्कर दिनेशलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

नेपाल पुलिस क्लबमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनेशलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । दिनेशले ‘द मस्ट ट्विस्टिङ्ग ब्याक फ्लिप्स इन बाल’ मा रेकर्ड बनाएका हुन् । ३० सेकेण्डमा दिनेशले १२ पटक ट्विस्टिङ्ग ब्याक फ्लिप्स गरेका थिए ।

दिनेश अमेरिकाको चर्चित टिभी कार्यक्रम अमेरिका गट ट्यालेन्टका लागि समेत छनोट भएका छन् । अमेरिका गट ट्यालेन्टमा सहभागी हुने दिनेश पहिलो नेपाली खेलाडी हुन् ।

यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय मुवाथाई संघले दिनेशलाई मानर्थ सदस्यको प्रमाणपत्र समेत प्रदान गरेको छ । संघका अध्यक्ष गणेश लाल कक्षपतिले उनलाई मानर्थ सदस्यको प्रमाणपत्र प्रदान गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.