‘पोई पर्‍यो काले’ लाइ दर्शकको साथ मिल्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘पोई पर्‍यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई रहेको र हेर्ने जति दर्शकले चलचित्रबाट मनोरन्जन पाई रहेको प्रतिक्रिया दिएको निर्देशक शिशिर राणाले सेलिब्रेटी नेपाललाई जानकारी गराए। चाडबाडको समय र बिदाको बेला परेकोले चलचित्रले दर्शक राम्रो पाउन सफल बनेको हो । शुक्रबार देखि आज सम्मको कलेक्सन सार्बजनिक नगरे पनि व्यापार बाट निर्माण टिम सन्तुस्ट रहेको छ।

सेन्सर बोर्ड बाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

सिंगल हलमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई मन पराउने दर्शक धेरै देखिए । अधिकांश दर्शकले पूजा र आकाशलाई हेर्न आएको प्रतिक्रिया दिए ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिई रहेका छन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.