चलचित्र ‘गुञ्जन’ मा नीताको आइटम नृत्य (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौं: द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको चलचित्र ’गुञ्जन’मा अभिनेत्री नीता ढुंगानाले आइटम नृत्य गरेकी छन्। चलचित्रमा समावेश ’कोही भन्छन् रसिली छु रे…’ बोलको आइटम गीतमा नीताले आइटम नृत्य गरेकी हुन्। अमृत मरहठ्ठाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ।

पोखरास्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन राजेश श्रेष्ठले गरेका छन् । भिडियोमा अभिनेत्री नीता ढुंगानासहित चलचित्रका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन्। सो गीतको छायांकन सकिएसंगै चलचित्रको पोखरा सेड्युल सकिएको छ। यो चलचित्रमा सारा सिर्पाली शिर्ष भूमिकामा छन्।

चलचित्रको बाँकी छायांकन काठमाडौँ र दुई गीतको छायांकन जोमसोममा गरिने निर्देशक अष्ट महर्जनले बताएका छन् । चलचित्रलाई फागुनको पहिलो हप्ता प्रदर्शनमा ल्याउने तयारी रहेको निर्देशक महर्जनले बताए।

महेश दवाडीको कथा रहेको चलचित्रमा कल्याण सिंहसंगै अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। ए.एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको चलचित्रमा हिरा कृष्ण स्वयम र सुनिता शाहीको लगानी रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.