‘बादशाह जुट’को कार्टुन पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं: कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो ‘बादशाह जुट’ । सुशील श्रेष्ठ र आमिर गौतमको मुख्य भूमिका रहेको चलचित्रले कार्टुन पोस्टर सार्वजनिक गरेको छ । आफुलाई बादशाह ठान्ने दुई युवकको कथामा चलचित्र बनेको छ। कार्टुन पोस्टरले पनि त्यही थिम देखाएको निर्माण युनिटले जनाएको छ ।

जोनी सिंह राणाको निर्देशन रहेको चलचित्र एक्सन, कमेडी र प्रेमकथामा बनेको हो । चलचित्रमा सुशील र आमिरको अलवा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायत कलाकारको अभिनय रहेको छ । केही फरक शैलीले चलचित्रको प्रचार गर्न काटुन पोष्टर समेत तयार गरिएको निर्देशक राणाले बताए । अभिषेक शशी कुमारको लेखन, राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको द्धन्द्ध रहेको चलचित्रमा कृष्ण भारद्वाज, कोसिस क्षेत्री, मोहित मुनालको संगीत छ ।

हर्कबहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)को लगानी रहेको फिल्म एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।