द भ्वाइस अफ नेपालमा सुरु भयो नकआउट राउण्ड


सेलिब्रेटी नेपाल

काठमाण्डौ: हिमालय टेलिभिजनमा प्रसारणमा भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ । ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउण्डमा सांगीतिक भिडन्त गरेका थिए । भिडन्तमा सफल हुने ३६ जना प्रतिभाहरुले अब नकआउट राउण्डको प्रतिस्पर्धामा भिड्नेछन् ।

ब्याटल राउण्डमा हरेक कोचले ८ जना प्रतिस्पस्र्धीलाई छनौट गरेका छन् भने एकएक जना प्रतिभालाई अर्को टीमबाट स्टील गरेर आफ्नो टीममा समेटेका छन् । अब चारैजना कोचको टीममा ९÷९ जना प्रतिभाहरु छन् । उनीहरुले नकआउट राउण्डमा कडा प्रतिस्पर्धाको सामना गरी लाइभ राउण्डमा प्रवेश गर्नेछन् ।
नकआउटबाट हरेक कोचको टीममा ३÷३ जना प्रतिभाहरु लाइभ राउण्डमा पुग्नेछन् । नकआउट राउण्डको पहिलो एपिसोड यही शुक्रबार साँझ ८ बजे प्रसारण हुने छ ।

हालसम्म कोचको निर्णयका आधारमा अगाडी बढेको प्रतिभाहरुलाई लाइभ राउण्डसँगै जनमतको पनि साथ रहनेछ । अर्थात् लाइभ राउण्डका हरेक प्रस्तुतीमा दर्शकले एसएमएस र अनलाइन भोटिङमार्फत् आफुले मन परेको प्रतिभालाई मत दिन सक्नेछन् । दर्शकको भोट र कोचको रायका आधारमा उत्कृष्ट चार जना प्रतिभा ग्राण्ड फिनालेका लागि पुग्नेछन् । मन पर्ने प्रतिभालाई भोट गर्न देश तथा बिदेशमा रहेका दर्शकहरुले प्रभु पे को एप डाउनलोड गरी भोट दिन सक्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.