एक हप्ता पर सर्यो ‘सरौतो’


सेलिब्रेटी नेपाल

काठमाडौँ: हरी हुमागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘सरौतो’ को प्रदर्शन मिति एक साता पर सरेको छ । कार्तिक ८ मा प्रदर्शन हुने भनिएको चलचित्र ‘घामड शेरे’ दुई साता पछाडी धकेलिदा अन्य चलचित्रको प्रदर्शन मिति लाइ प्रभाव परेको हो कार्तिक २२ को प्रदर्शन मिति तोकेको चलचित्र ‘सरौतो’ अब कार्तिक २९ गते बाट प्रदर्शनमा आउने भएको छ। वितरकको सल्लाहमा पछाडी हटेको ‘सरौतो’मा सुमी मोक्तान, आमिर गौतम, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, लियो ट्यांक, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द, राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ । शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रमा लक्ष्मीकुमारी तामाङको लगानी छ । श्री महर्जन सह निर्मातामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.