इकुको निर्देशनमा बन्ने भो ‘ब्ल्याक बोर्ड’


सेलिब्रेटी नेपाल

चितवन:सुलेमान शंकर (इकु) को निर्देशनमा चलचित्र ‘ब्ल्याक बोर्ड’ निर्माणको घोषणा गरिएको छ । भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै चलचित्र बन्ने जानकारी गराएको हो । बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्रमा नेपाली समाजमा अभिभावकहरुले आफ्ना सन्तानहरुको हेरविचार गर्न नसक्दा उत्पन्न हुने असर र समाधानका उपायहरुको खोजी गरिने चलचित्रका निर्देशक सुलेमान शंकर (इकु)ले बताए ।

सुलेमान शंकर (इकु) यसै चलचित्र मार्फत पहिलो पटक निर्देशक बन्दैछन् । चलचित्र ‘ब्ल्याकबोर्ड’ मा सरोज खनाल, निर्मल शर्मा (गैंडा), सुलेमान शंकर (इकु), शिशिर भण्डारी, अन्सु न्यौपाने भेषराज गौतम साथै बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया, रक्षा कंडेल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन सापकोटा र सर्वाणि पाण्डे प्रस्तुतकर्ता रहेका छन् । चलचित्र

ब्ल्याकबोर्डको कथा किरण माईकल घिमिरे र सुदिप आत्रेयले लेखेका हुन् भने क्रियटिभ हेडको जिम्मेवारी सशान कंडेलले सम्हालेका छन् । जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सम्मान कंडेल, निरभिङण घिमिरे, सुरेश कंडेल र सरला पाण्डे निर्माता रहेका छन भने सह–निर्मातामा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कंडेल रहेका छन । चलचित्रमा किरण माइकल घिमिरेको संगित रहनेछ ।

१ महिनापछि छायांकन हुने चलचित्रको ९० प्रतिशत अंश चितवन नवलपरासीमा हुने र बाँकी १० प्रतिशत अंश काठमाडौँमा हुने निर्माण पक्षले जानकारी दिएको छ । सुरुआती समयमा विभिन्न शैक्षिक संस्था र विदेशमा च्यारिटी शो पश्चात चलचित्रमा हलहरुमा प्रदर्शन हुने निर्माण युनिटले बताएको छ ।