र्‍यापर भिटेन पक्राउ


सेलिब्रेटी नेपाल

काठमाडौँ: चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । अब उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् । उनको वास्तविक नाम समीर घिसिङ हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.