हिन्दि फिल्मको पेलानका कारण ‘घामड शेरे’ प्रदर्शन सर्यो


सेलिब्रेटी नेपाल

काठमाडौँ: आगामी शुक्रबार कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घामड शेरे’को प्रदर्शन स्थगित भएको छ । अब चलचित्र दुइ हप्ता पश्चात कार्तिक २२ मा प्रदर्शनमा आउनेछ ।प्रदर्शनको दुई दिन अगाडी प्रदर्शन स्थगित हुनुको कारण, विदेशी सिनेमाको चेपुवालाई मानिएको छ।

बुधबार मल्टीप्लेक्समा खोलिएका अग्रिम बुकिङमा ‘घामड शेरे’लाई अत्याधिक कम शोज दिएपछि निर्माण पक्ष चलचित्र प्रदर्शन नगर्ने निर्णयमा पुगेको हो । वितरक कम्पनि स्टेशन ५ भन्छ, ”नेपालको प्रतिक्षित चलचित्रलाई मल्टीप्लेक्सले अत्याधिक कम शोज निकाल्यो । उता विदेशी फिल्मको शोज संख्या उच्च छ । यसले हामीलाई न्याय भएन । त्यसैले रिलिज स्थगित गरेका हौँ ।” देशकै ठुलो मल्टीप्लेक्स क्युएफएक्सले ‘घामड शेरे’लाई अलनेपाल ११ शोज प्रदान गरेको थियो । बलिउड फिल्म ‘हाउसफुल ४’लाई ४४ शोज निर्धारण गरेको थियो ।

हेमराज बिसी निर्देशित चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय छ । अब कार्तिक ८ गते चलचित्र ‘पोइ पर्यो काले’ ले सोलो प्रदर्शन हुने मौका पाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.