दुर्गेश थापा बिरुद्द प्रहरीमा उजुरी


सेलिब्रेटी नेपाल

काठमाडौं: यसवर्षको तीजमा ‘बिच्च बिच्चमा’बोलको गीतका कारण चर्चामा आएका गायक तथा मोडल दुर्गेश थापा तिहार गीतका कारण आलोचित बनेका छन्। केही दिनअघि सार्वजनिक तिहार गीत ‘ह्याप्पी तिहार, चिसो वियर’का कारण दुर्गेश आलोचित बनेका हुन्। तिहार र देउसीको भावनामा ठेस पुर्याएको भन्दै जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा उजुरी समेत परेको छ। दुर्गेश थापाको आफ्नै यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा धेरै नेगेटिभ कमेन्ट आए पछि कमेन्ट गर्न नमिल्ने बनाईएको छ ।

गीतमा समावेश शब्दका कारण उनि बिरुद्द उजुरी परेको हो । गीतले सिधै बियरको प्रचार गरेको र बियर र गाँजा खान पर्छ भन्ने संदेश दिएको बुझिन्छ । नेपाली कानुनमा गाँजा खानु र बेच बिखन गर्नु प्रतिबन्धित छ । उजुरी परेसंगै प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले दुर्गेशलाई छलफलका लागि बोलाएको छ। तीजपछि दुर्गेशले चलचित्र ‘छ माया छपक्कै’ को प्रमोशनका लागि गाएको ‘बिच्च बिच्चमा’ पनि विवादमा परेको थियो।