जिग्री र पांडे बिरुद्द प्रहरीमा उजुरी


सेलिब्रेटी नेपाल

काठमाडौँ: जिग्री र पांडे बिरुद्द मिडिया हबले प्रहरीमा उजुरी हालेको छ । ‘भद्रगोल’ सिरियलमा प्रयोग हुँदै गरेको क्यारेक्टर लाइ अर्को सिरियल ‘सक्की गो नि’ मा प्रयोग गरेकोमा आपत्ति जनाउदै उजुरी हालेको हो । हाँस्य टेली सिरियल भद्रगोललाइ असर गरेको भन्दै मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुछेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताए । ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन मिडिया हबले लगानी गरेको धितालको दाबी छ ।

यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् । उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राखेको छ । नयाँ टिमले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरु छैनन् ।