निताको भुल भुलैया प्रेम (भिडियो)



(सेलेब्रिटी नेपाल) ११ चैत्र-चैत्र ३० गतेलाई आफ्नो रिलिज डेट तोकेको चलचित्र चलचित्र ‘नोटबुक’ का गीतसंगीत बजारमा अहिले चर्चित बनिरहेका छन् । चलचित्रमा समावेश प्रल्हाद तिमल्सिना र माण्डवी त्रिपाठीको स्वर रहेको ‘गाला रात्तै’ बोलको गीत हिट भएपछि निर्माणपक्षले अर्को गीत सार्वजनिक गरेको छ । दिपक लिम्बु र मिलन अमात्यको स्वरमा समावेश ‘मायाको भुलभुलैया’ बोलको गीतले बजार तताउने विश्वास गरिएको छ । वसन्त सापकोटोले संगीत भरेको यो गीतमा सेन सापकोटा र निता ढुंगानालाई देख्न सकिन्छ ।
संजय लामाको छायांकनमा तयार भएको चलचित्रको यो गीतमा कविराज गहत्तराजको नृत्य निर्देशन छ । गीतको छायांकन इलामको रमणिय स्थानका साथै कोशी ब्यारेजमा गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.