‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक,यशराज, फिजा र ऋचाको प्रेम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यसभन्दा एकसाता अघि अर्थात १५ कार्तिकमा इन्डियामा प्रदर्शन हुने चलचित्रलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथानक चलचित्रको ट्रेलरमा अभिनेता यशराज र अभिनेत्री द्धय फिजा योन्जन र ऋचा थापाबीचको प्रेम र त्यसमा आउने आरोह–अबरोह प्रस्तुत गरिएको छ । निर्देशक प्रधानकै लेखन रहेको चलचित्र यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रका प्रमुख कलाकार अचेल चलचित्रको प्रचार प्रसारका लागि काठमाडौका सिंगलदेखि मल्टिप्लेक्स हलसम्म पुगेर दर्शकलाई बिभिन्न खेल खेलाउदै उपहार प्रदान गरिरहेका छन् । मंगलबार गोपीकृष्ण हलमा पुगेको कलाकारको टोलीले शुक्रबार कमलपोखरीस्थित बिग मुभीजका दर्शकसँग खेल खेलेको थियो ।

फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने स्किम निर्माण युनीटले ल्याएको छ । चलचित्र प्रदर्शन भन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शोमार्फत उपहार बिजेता सार्वजनीक गरिने छ ।

धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको चलचित्रमा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।