सन्तोष पन्तको छोराको निर्देशनमा बन्ने भो ‘हिजो आजका कुरा ‘


सेलिब्रेटी नेपाल

काठमाडौं: सानो पर्दामा लोकप्रियता कमाएको हाँस्य टेलिसिरियल हो, ‘हिजो आजका कुरा’। यस टेलिसिरियलले हाँस्यव्यङ्गय मार्फत सामाजिक, राजनीतिक, आर्थिक तथा अन्य घटनाहरुलाई रोचक तरिकाले दर्शकमाझ प्रस्तुत गर्दथ्यो। नेपाल टेलिभिजनमा १८ वर्षसम्म निरन्तर प्रशारण भएको थियो। अब भने तत्कालिन समयको लोकप्रिय हाँस्य टेलिसिरियलको नामबाट चलचित्र बन्ने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्र ‘हिजो आजका कुरा’को निर्माण घोषणा गरिएको छ। पन्त प्रोडक्सनद्धारा निर्माण हुने चलचित्रलाई वरिष्ठ कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्दैछन्। सन्तोष र साकार (बाबु–छोरा) को कथालाई सन्दीप किस्नाले लेखेका हुन्।

टेलिसिरियल ‘हिजो आजका कुरा’का शीर्ष कलाकार सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहनेछ। साथमा चलचित्रमा नितेशराज पन्त, केकि अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्कीको अभिनय रहनेछ। त्यस्तै हाँस्य कलाकारहरु रमेश अधीकारी, सविन शाक्य तथा नव कलाकार विनायक कुँइकेल, अनुष्का अधिकारीको चलचित्रमा अभिनय रहनेछ।

चलचित्रमा वैदेशिक मोहको राम्रो र नराम्रो पक्षलाई हाँस्यापद र भावनात्मक तरकाले प्रस्तुत गरिने समेत जानकारी दिईएको छ। अशोक घिमिरे सह–निमाृता रहेको चलचित्रको छायांकन छठपश्चात शुरु गरिनेछ। काठमाडौं र चितवनमा चलचित्रको छायांकन हुनेछ। रवि सायमीको छायांकन रहने चलचित्र सम्पादनको जिम्मा विनय कन्साकारको रहनेछ। चलचित्र आउँदो वैशासम्ममा प्रदर्शनमा ल्याउने निर्माण टीमको योजना छ। चलचित्रमा संगीत हर्कुलस बस्नेतको रहनेछ । सुवाशराज काफ्लेले निर्माण नियन्त्रकको जिम्मेवारी सम्हाल्ने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.