बादशाह बन्न चाहने दुई युवाको संघर्ष, ‘बादशाह जुट’


सेलिब्रेटी नेपाल

काठमाडौँ: कार्तिक १५ गते अर्थात् भोलि शुक्रबार देखि प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’ मा बादशाह बन्न चाहने दुई युवाको संघर्ष कथा देखाउन खोजिएको छ । निर्देशक जोनी सिंह राणाको डेब्यु निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ र आमिर गौतम बादशाह बन्ने उदेश्यमा संघर्षरत भूमिकामा देखिएका छन् । चलचित्रले देशमा केहि गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गरेको निर्देशक बताउछन् । कहिँ-कतै आतंकवादी आक्रमणको कथा लागे पनि त्यो मूल कथामा पर्देन ।’चलचित्रबाट केइशा रावत र रश्मी पाण्डेले डेब्यु गर्दैछन्। दर्शकलाइ चलचित्र ‘बादशाह जुट’ले २ घण्टा मनोरंजन दिनेमा निर्माण टिम बिस्वस्त छ।
अभिनेता सुशील श्रेष्ठले चलचित्रमा आफ्नो च्यालेञ्जिङ भूमिका रहेको बताए । अघिल्ला चलचित्र भन्दा फरक र बलियो भूमिका भएकाले ‘बादशाह जुट’को लागि कडा मेहनत गरेको दावी गरे । राम्रो चलचित्रलाई दर्शकले रुचाइदिने आशा व्यक्त गर्दै दर्शक साथ पाउनेमा आफु ढुक्क रहेको बताए । चलचित्रमा सुशीलले एक पत्रकारको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा रविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । अभिषेक शशी कुमारको लेखनमा निर्मित चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको द्वन्द, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।

तस्बिर-कुबेर डंगोल