प्रेमध्वज प्रधानलाई सम्मान


(सेलेब्रिटी नेपाल) ११ चैत्र-चर्चित गायक प्रेमध्वज प्रधानलाई  श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०६९बाट सम्मानित गरियको छ  । पुरस्कारको सञ्चालक संस्था भैरव साँस्कृतिक संरक्षण समितिले शनिबार आयोजना गरेको समारोहमा वरिष्ठ गीतकार, कवि रत्न शमशेर थापाले प्रधानलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन । पुरस्कारको राशी नगद रु २५ हजार र सम्मान–पत्र रहेको छ ।
वि. स. २०५५ सालमा स्थापित यस पुरस्कारबाट हालसम्म कृष्णबहादुर श्रेष्ठ, प्रज्ञारत्न बज्राचार्य, चेतन कार्की, फत्तेमान राजभण्डारी सम्मानित भईसकेका छन् ।